होन्डाको मनसुन सर्भिस क्याम्प शुरु, ५० प्रतिशत छुटको व्यवस्था

होन्डाको मनसुन सर्भिस क्याम्प शुरु, ५० प्रतिशत छुटको व्यवस्था

केन्द्रबिन्दु
42
Shares

होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प शुरु गरेको छ । धोविघाटस्थित होन्डा शोरुममा सर्भिस क्याम्प शुरु गरेको हो ।

असार २१ गतेसम्म सञ्चालन हुने उक्त क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एबं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरिक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरिक्षण निशुल्क रुपमा गराउन पाउने कम्पनीको भनाई छ ।

गाडीको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्ट्समा ७ प्रतिशत छुट, लेवर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाइनेछ । साथै, डेन्टपेन्टमा १५ प्रतिशत र एसि रिफिलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

Logo