मिस टिनकाे उपाधि सृष्टि र मिस्टर टिनकाे उपाधि मनदीपलाई

मिस टिनकाे उपाधि सृष्टि र मिस्टर टिनकाे उपाधि मनदीपलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौंकी सृष्टि महर्जनले मिस नेपाल टिन २०२२ को उपाधि जितेकी छन्। अर्घाखाँचीका मनदीप भुसालले मिस्टर नेपाल टिन २०२२ को उपाधि हात पारेका छन्। 

अभिनी प्रोडक्सनले आयोजना गरेको मिस्टर एण्ड मिस नेपाल टिनको पाँचौं संस्करणमा सृष्टि र मनदीपले टाइटल उचालेका हुन्। राजधानी मोडल कलेजमा बीएचएमको सेकेन्ड सेमिस्टारमा अध्ययनरत मिस नेपाल टिन सृष्टिले अमेरिकाको मियामीमा नोभेम्बरमा हुने मिस टिन युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्। 

मिस नेपाल टिन चार्म २०२२ को उपाधि सृष्टि भुसालले जितिन् । उनले कोलम्बियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । सेकेन्ड रनरअप शिवानी कपार भइन् र उनले भारतमा आयोजना हुने मिस वर्ल्ड हेरिटेजमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

पुरुषतर्फ अर्घाखाँचीका मनदीप भुसालले मिस्टर नेपाल टिन २०२२ को उपाधि जिते । प्रयास ओझा फस्ट रनरअप र निशान वाइबा सेकेन्ड रनरअप घोषित भए । निशान पनि राजधानी मोडल कलेजमा बीएचएम सेकेन्ड सेमिस्टारका विद्यार्थी हुन्। 

सबटाइटलतर्फ सृष्टि भुसालले पिपल्स च्वाइस र मिस इन्टेलेक्चुअल तथा सञ्जना भण्डारीले मिस क्याटवाक र मिस कन्फिडेण्टको उपाधि जिते। मिस ट्यालेन्ट सृष्टि महर्जन, मिस मल्टिमिडिया शिवानी कपर,  मिस फोटोजेनिक सदीक्षा खनाल र ब्यूटी विथ पर्पज यसशिका सिंहलाई अवार्ड दिइएको छ। 

पुरुष तर्फ निशान वाइबाले मिस्टर ट्यालेन्ट र पिपल्स च्वाइस तथा मिस्टर मल्टिमिडिया प्रयास ओझा, मिस्टर फोटोजेनिक प्रकाश बोहरा, मिस्टर मोडल ऋषु शाह, बेस्ट वाक मनदीप भुसाल र ह्याण्डसम विथ पर्पोजको उपाधि राम इकवाल यादवले जिते।

Logo