अभिनेता पुष्प खड्काले यसरी मनाए जन्मदिन !

अभिनेता पुष्प खड्काले यसरी मनाए जन्मदिन !

केन्द्रबिन्दु
0
Shares

बिहीवार अभिनेता पुष्प खड्काको जन्मदिन । उनी ३४ वर्षिय एक नेपाली अभिनेता, मोडल र फिल्म निर्माता हुन् । 

उनले फिल्म दर्पण छाया २ बाट २०१८ मा फिल्म डेब्यू गरेका थिए । मंगलमको ठुलो सफलतापछि उनी यतिबेला नेपाली चलचित्र उद्योगको स्टार मानिन्छन् । उनको २०४५ श्रावण ५ मा जन्म भएको थियो । उनको बुबा दानबहादुर खड्का र आमा विमलादेवी खड्का हुन् ।

आज जन्मदिनको अवसरमा उनले वृक्षारोपण गरेका छन् । समी र फूलको विरुवा रोपेर उनले जन्मदिनलाई मनाएका छन् ।  ढुंगामाटो, रुखबिरुवासँग विशेष लगाव रहेको बताउँदै  पुष्पले जन्मदिनको सुरुवात वृक्षारोपणबाट भएकाले खुसी  व्यक्त गरेका छन् । ’काठमाडौंस्थित शंखमूलमा वृक्षारोपणपछि पुष्प ओम साइराम मन्दिर पुगेका थिए । जहाँ, विपन्न  र घरबारविहीन मानिसहरूलाई उनले सामूहिक भोजनको व्यवस्था गरेका थिए ।
उनको नयाँ चलचित्र ‘कृष्णलीला’ भदौ ३ गते प्रदर्शन हुँदै छ  भने ‘तिम्रो मेरो माया’ प्रदर्शनको तयारीमा छ । चलचित्र कृष्णलीलाको प्रोमोशनमा व्यस्त भईरहेको बेला उनले ‘कृष्णलीला’ को टिमबाट बर्थ डे सरप्राईज पाएका छन् । उनको र चलचित्र  ‘कृष्णलीला’ का  निर्देशक दीपक ओलीको जन्मदिन आज एकैदिन परेकाले टिमले जन्मदिन विशेष जमघटको आयोजना गरेको थियो ।  उनीहरुले संगै केक काटेर जन्मदिनको खुशी साटेका छन् ।  

बर्थडे जमघटमा कलाकार, सञ्चारकर्मी र शुभचिन्तक उपस्थित थिए । निर्देशक र अभिनेताको जन्मदिन एकैदिन परेकाले पनि यो समारोह खास बनेको थियो ।

  

Logo