रामकृष्ण ढकालको ‘काली’ सार्वजनिक

रामकृष्ण ढकालको ‘काली’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

चर्चित गायक रामकृष्ण ढकालका दुई गीत रिलिज भएका छन् । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच सयौं कारण, काली बोलका दुई गीत रिलिज भएका हुन् ।

कार्यक्रममा गायक ढकालले कालीको शब्द हेर्दा गम्भीर बन्ने बताउँदै स्टेजमा गाउने किसिमको गीत रहेको उल्लेख गरे । अहिले काली जस्ता गीतको माग रहेको दाबी गर्दै उनले युट्युबमा काली गीत क्याची हुनसक्ने बताए । सोही कार्यक्रममा नायिका नम्रता सापकोटाले गीत मिठो रहेको र गायक ढकालसँग काम गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरिन् । 

काली बोलको गीतको भिडियोमा गायक ढकाल स्वयंले पनि अभिनय गरेका छन् । यस्तै भिडियोमा नम्रता सापकोटा, दिपेश ढकालको मुख्य अभिनय छ भने संगीत दीपक शर्माले भरेका छन् । भिडियो निर्देशन सुव्रत आचार्यले गरेका छन् ।

Logo