गायक रामकृष्ण ढकाल चलचित्रमा पुर्नआगमन गर्ने तयारीमा

गायक रामकृष्ण ढकाल चलचित्रमा पुर्नआगमन गर्ने तयारीमा

केन्द्रबिन्दु
0
Shares

गायक राम कृष्ण ढकालले आफ्नो चलचित्र क्षेत्रमा  पुर्नआगमनको संकेत गरेका छन । उनले ‘काली’ गीतको सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्र अभिनय गर्ने मौका मिले अभिनयमा फर्किने आफ्नो सोच रहेको बताए। 

गीत कालीमा रामकृष्णको स्वर रहेको छ भने अभिनय पनि उनकै रहेको छ ।  गीतमा संगीत दीपक शर्माको रहेको छ भने भिडियो निर्देशन सुव्रत आचार्यले गरेका छन् । ‘काली’ गीतको भिडियोमा गायक ढकाल र नायिका नम्रता सापकोटालाई प्रेम भावमा दर्शाइएको छ ।  ढकालले गायकले नै गीतको भिडियोमा अभिनय गर्दा भाव अझ बढि झल्किने र जीवन्त देखिने बताएका छन् ।
 

‘गायकले त्यो गीतलाई जति बुझेको हुन्छ सायद कलाकारले त्यति बुझेको हुदैन । गाउने व्यक्तिले नै अभिनय गर्दा अझ जीवन्त देखिन्छ । अभिनय र गायकीको सम्बन्ध भनेको नंग र मासुको जस्तै हो ।’ उनले भने ।

 ‘आर्शिवाद’ नामक चलचित्रमा उनले मुख्य भुमिकामा रहेर अभिनय गरिसकेका छन् । उनले त्यस चलचित्रलाई आफ्नो जीवनको आत्मकथा भनेका छन् ।  चलचित्रमा उनको पात्र र गरेको कामको निकै प्रशंसा भएको थियो ।
 

Logo