गायक ‘अर्थर गन’ले ७ शहरमा ९ वटा कन्सर्ट गर्दै

गायक ‘अर्थर गन’ले ७ शहरमा ९ वटा कन्सर्ट गर्दै

केन्द्रबिन्दु
0
Shares

अमेरिकी आईडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेल (अर्थर गन)ले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताएका छन् । नेपालमा हुन लागेको पहिलो सांगीतिक यात्राबारे जानकारी दिन काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा भएका आफ्ना समर्थकहरूका लागि सांगीत प्रस्तुत गर्न  नेपाल आएको बताए ।

नेपालमा शनिवारदेखि हुने ‘टुबोर्ग होमकमिङ आर्थर गर्न’का लागि दिवेशसहितको टोली नेपाल आएको थियो । उनले नेपालमा रहेका समर्थकहरुका लागि सांगीतिक प्रश्तुति दिनका लागि र नेपालको कला, संस्कृति र प्रकृतिको बारेमा जान्न र बुझ्न डकुमेण्ट्री बनाउने लक्ष्यसहित नेपाल आएको बताए ।

एक महिनाको नेपाल बसाईमा उनले  नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवद्र्धनलाई जोड दिने बताए । गायक दिवेशले देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट गर्ने छन्  । सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै दिवेश एकाएक चर्चामा आएका थिए ।

Logo