थपिए १८० जना कोरोना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १५,९६४ पुग्यो

थपिए १८० जना कोरोना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १५,९६४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । आज १८० जना संक्रमित थपिएका छन् । आइतबारसम्म १५ हजार ७८४ जना संक्रमित थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् । उनले हालसम्म काठमाडौंमा समुदायमा कोरोना संक्रमण नफैलिएको पनि जानकारी दिए ।

यस्तै निको हुनेहरु आज २६४ जना थपिएका छन् । हालसम्म ६ हजार ८११ जना निको भएका छन् । कूल संक्रमितको ४२ प्रतिशत निको भएका छन् ।

यस्तै कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३५ पुगेको छ ।  आज बाग्लुङका २९ वर्षिय पुरुषको मृत्यु भएको छ ।   नेपालका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका छन् ।

Logo