गण्डकी प्रदेशमा आज पनि १६ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा आज पनि १६ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

पोखरा ।

गण्डकी प्रदेशमा आज पनि थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका ७ जना, म्याग्दीका ३ जना र बागलुङका २ जना , कास्कीका २ जना, तनहुँका १ र स्जाङजाका १ जना छन् । अब गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १,०७९ पुगेको बताइएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

गोरखामा कोरोनाका कारण आज एक जनाको मृत्यु

यसैबीच नेपालमा कोरोनाका कारण आज पनि एक जनाको मृत्यु भएको छ । आज गोरखा जिल्लाका एक ४४ वर्षिय पुरुषको मृत्यु भएको हो । गोरखाको जिल्ला अस्पतालमा उपचारत उनको मृत्यु भएको गोरखा अस्पतालले जानकारी दिएको छ ।

पालुङटार नगरपालिका वडा नम्बर ७ निवासी मृतक दीर्घरोगी र कोरोना संक्रमित भइ आइसोलेसनमा उपचारत रहेका थिए ।

अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ । पछिल्लो विवरण अनुसार विहिबार काठमाडौंका एक ८५ वर्षिय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको थियो । हाल सम्म नेपालमा कोरोना संक्रमित १५ हजार २५९ छन् भने निको हुनेको संख्या ६ हजार १४३ पुगेको छ ।

Logo