गोरखामा कोरोनाका कारण आज एक जनाको मृत्यु

गोरखामा कोरोनाका कारण आज एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गोरखा ।

नेपालमा कोरोनाका कारण आज पनि एक जनाको मृत्यु भएको छ । आज गोरखा जिल्लाका एक ४४ वर्षिय पुरुषको मृत्यु भएको हो ।

गोरखाको जिल्ला अस्पतालमा उपचारत उनको मृत्यु भएको गोरखा अस्पतालले जानकारी दिएको छ ।

पालुङटार नगरपालिका वडा नम्बर ७ निवासी मृतक दीर्घरोगी र कोरोना संक्रमित भइ आइसोलेसनमा उपचारत रहेका थिए ।

अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ । पछिल्लो विवरण अनुसार विहिबार काठमाडौंका एक ८५ वर्षिय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको थियो । हाल सम्म नेपालमा कोरोना संक्रमित १५ हजार २५९ छन् भने निको हुनेको संख्या ६ हजार १४३ पुगेको छ ।

Logo