गण्डकी प्रदेशमा आज मात्र थपिए ७७ जना कोरोना संक्रमित, प्रदेशको कूल संख्या ३२४ पुग्यो

गण्डकी प्रदेशमा आज मात्र थपिए ७७ जना कोरोना संक्रमित, प्रदेशको कूल संख्या ३२४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

कास्की ।

गण्डकी प्रदेशमा आज मात्र ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय आज बिहान मात्र तीन पटक विज्ञप्ती जारी गरिसकेको छ ।

बिहान ५ः ४५ बजेको विज्ञप्तीमा ४२ जना नयाँ संक्रमित भएको उल्लेख गरिएको थियो । बिहान ८ बजेको विज्ञप्तीमा पाँच जना थपिएका थिए भने बिहान ९ बजेको विज्ञप्तीमा ३० जना नयाँ संक्रमित थपिएको बताइएको छ ।

पहिलो विज्ञप्ती अनुसार गण्डकी प्रदेशमा ४२ जना कोरोना सङ्क्रमित थपिएका थिए । नयाँ ४१ जना पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज गण्डकी प्रदेशको नवलपरासी पूर्वका ३१ जना, तनहुँमा १५ जना, गोरखामा ११, पर्वतमा ९, स्याङ्जामा ९, बागलुङमा १ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको हो ।

अहिले सम्म कोरोना नदेखिएको मनाङमा समेत आज कोरोना सङ्क्रमित भेटिएका छन् । मनाङका सङ्क्रमित कपिलवस्तुबाट पुगेका कर्मचारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशका नवलपरासी पूर्वमा ९७ जना, स्याङ्जामा ७३ जना, बागलुङमा ४२ जना, पर्वतमा ३८ जना, गोरखामा ३६ जना, तनहुँमा २६ जना, कास्कीमा ७ जना, म्याग्दीमा ३ जना, लमजुङ र मनाङमा एक, एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रदेशमा संक्रमण देखिएका ३२४ जना मध्ये २२ जना निको भएर घर फर्कीसकेका छन् भने एक जनाको मृत्यु भएको छ ।

Logo