७४ जिल्लामा कोरोना संक्रमण, नदेखिएका ३ जिल्ला कुन कुन ?

७४ जिल्लामा कोरोना संक्रमण, नदेखिएका ३ जिल्ला कुन कुन ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालका ७७ जिल्ला मध्ये ३ वटा जिल्लामा हालसम्म कोरोना संक्रमण देखिएको छैन । बुधबारसम्म ७३ जिल्लामा कोरोना पुष्टि भएकोमा आज थप एक जिल्लामा कोरोना देखिएको हो ।

आज मनाङमा पनि कोरोना देखिएको हो । हालसम्म प्रदेश नं. १ को ओखलढुंगा, बाग्मती प्रदेशको रसुवा र गण्डकी प्रदेशको मुस्ताङमा कोरोना देखिएको छैन ।

हालसम्म देशभर ७१७७ जना संक्रमित देखिएका छन् भने २० जनाको मृत्यु भएको छ । ११६७ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Logo