कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

केन्द्रबिन्दु
0
Shares

कालिकोट ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ४ जना पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसआर परिक्षणमा कालिकोटका १४ जना र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा दुइजना सुर्खेत र दुइजना दैलेखका रहेका छन् ।

यसका साथै कर्णाली प्रदेशमा बुधबार मात्रै १८ जनाको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी गराए । उनका अनुसार संक्रमित हुनेमा कालिकोट शान्नि त्रिवेणी गाउँपालिका–२ का १९,२१,२१,२४,२५,३८,६० वर्षिय पुरुष, वडानम्वर–५ का ५७ वर्षिय पुरुष, वडानम्वर– ३ का २२,२३,४२,५० वर्षिय पुरुष र १८,५२ वर्षिया महिला रहका छन् ।

यस्तै दैलेख भैरि गाउपालिका–७ का २० वर्षिय पुरुष तथा भगवती गाउँपालिका–७ का ३३ वर्षिय पुरुष र सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ५ का २६ वर्षिय पुरुष, लेकवेसि नपा– ३ का ३८ वर्षिय पुरुष रहेको वताइएको छ ।

Logo