कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्नेको संख्या ६२ हजार नाघ्यो

कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्नेको संख्या ६२ हजार नाघ्यो

केन्द्रबिन्दु
0
Shares

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

बुधबार कतारको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको कोरोनाको विवरण सार्वजनिक गर्दै थप १, ७११ जनाले स्वास्थ्य लाभ गरेको तथा १०९७ नयाँ सङ्क्रमित थपिएको जनाएको छ । यो सँगै स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ६२ हजार १७२, संक्रमितको सङ्ख्या ८३ हजार १४७ पुगेको छ भने २० हजार ९२० जनाको उपचार भइरहेको छ ।

ती मध्ये १ हजार ११८ जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिएको छ भने १२२ जनालाई अस्पताल भर्ना गरिएको छ । नयाँ ९ जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या २४० पुगेको छ । २ जना ६७ र ८७ वर्षीय नागरिकसहित कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ सङ्क्रमित हुनेहरु स्थानीय नागरिकसहित फरक फरक समुदायका आप्रवासी कामदारहरू रहेका छन् । कुल ३ लाख ४ हजार ८०१ जनामा कोरोनाको परीक्षण गरिएको छ ।

स्वास्थ्यमा कुनै समस्या भएमा टोल फ्री नम्बर १६००० मा कल गर्न समेत अनुरोध गरिएको छ । कोरोनाको प्रारम्भिक लक्षण देखिएमा मैदर, अल रवादत, उमसलाल अलि र गराफामा रहेका हेल्थ सेन्टरमा गएर परीक्षण गर्न अनुरोध गरेको छ । ४ लाख भन्दा बढी नेपाली कार्यरत रहेको कतारमा ४ जना नेपालीको पनि कोरोनाको कारण ज्यान गएको छ ।

Logo