प्रदेश नं. ५ : २६ जना कोरोना सङ्क्रमित घर फिर्ता

प्रदेश नं. ५ : २६ जना कोरोना सङ्क्रमित घर फिर्ता

केन्द्रबिन्दु
0
Shares

भैरहवा ।

भैरहवाको भीम अस्पतालबाट २६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । गत जेठ १९ र २० गते अस्पतालको आइसोलेशन सेण्टरमा भर्ना भएका कपिलवस्तुका १४, रुपन्देहीका दश र नवलपरासीका दुई सङ्क्रमित निको भई आज घर फर्किएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले जानकारी दिए । अस्पतालमा एक गर्भवतीसहित दुई सङ्क्रमित उपचाररत छन् ।

प्रवक्ता उपाध्यायका अनुसार डिस्चार्ज हुनेमा रुपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षीया महिला तथा ४१ र ४३ वर्षीय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षीया महिला र ४२ वर्षीय पुरुष तथा मायादेवी गाउँपालिकाका १५, ३६, ५१, २० र ४५ वर्षीय पुरुष छन् ।

त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३३, ४१ वर्षीया महिला, बुद्धभूमि नगरपालिकाका १९, २२, २४, २६, २७, २८, २८, ३२, ३५, ३८ र ४७ वर्षीय पुरुष, शिवराज नगरपालिकाकी २४ वर्षीया महिला तथा नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावल गाउँपालिकाका २६ वर्षीय पुरुष छन् । यसअघि २५ सङ्क्रमित कोरोना जितेर घर फर्किएका थिए ।

Logo