थपिए ३८० नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ६,५९१ पुग्यो

थपिए ३८० नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ६,५९१ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । आज ३८० जना थपिएका छन् । सोमबार ४५१ जना थपिएका थिए । आइतबार ४२५ जना संक्रमित थपिएका थिए । शनिबार पनि २७३ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या १ हजार १५८ जना पुगेको छ । आज ११७ जना निको भएका छन् । सोमबार ६७ जना निको भएका थिए । आइतबार ६१ जना निको भएका थिए । शनिबार ३६ जना निको भएका थिए ।

मृतकहरुको संख्या १९ जना रहेको छ भने कूल संक्रमित जिल्ला ७३ पुगेको छ ।

Logo