गण्डकीमा थप १८ जनामा कोरोना संक्रमण, प्रदेशमा कूल संख्या २२३ पुग्यो

गण्डकीमा थप १८ जनामा कोरोना संक्रमण, प्रदेशमा कूल संख्या २२३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

कास्की।
गण्डकी प्रदेशमा आज थप १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । अब प्रदेशमा कूल संख्या २२३ पुगेको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज बिहान गण्डकीका पाँच जिल्लामा १८ जना नयाँ संक्रमित भेटिएका हुन् ।

गण्डकी स्वास्थ्य निर्देशदालयका अनुसार नयाँ संक्रमित मध्ये गोरखाका १० जना, स्याङ्जाका चार जना, नवलपरासीका दुई तथा कास्कीका एक जना र बागलुङका एक जना रहेका छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले एक विज्ञप्ती जारी गर्दै यसको जानकारी दिएका हुन् ।

Logo