काभ्रे कांग्रेस नेता हुमागाईंद्वारा ३५ एम्वुलेन्सका चालकहरूलाई पिपिई वितरण

काभ्रे कांग्रेस नेता हुमागाईंद्वारा ३५ एम्वुलेन्सका चालकहरूलाई पिपिई वितरण

केन्द्रबिन्दु
0
Shares

  • प्रदीप केसी
    काभ्रे ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं नेपाली काँग्रेस केन्द्रीय श्रमिक संघका संयोजक शिवप्रसाद हुमागाईंले काभ्रे जिल्लाभरका एम्वुलेन्सका चालकहरूलाई एक कार्यक्रमका बीच पिपिई वितरण गरेका छन् ।

सोमवार पन्चकन्या बैंकेट बनेपामा भएको कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य हुमागाईंले अहिले कोरोनाका कारण विश्व नै अन्यौलमा रहेकोमा नेपाल पनि अछुतो छैन भन्दै विश्वमा लाखौं, नेपालमा १९ जना र विदेशमा सयौं नेपालीहरूले मृत्युवरण गरिसकेको बताए ।

गए रोग लाग्न सक्छ र नगए विरामीको मृत्यु हुन सक्ने भएकाले एम्वुलेन्स चालकलाई संक्रमण नहोस् र सुरक्षित तवरले चालकले निडर भएर एम्वुलेन्स चलाउन हुमागाईले चालकहरूलाई अनुरोध गरे ।

कार्यक्रममा पूर्वसाँसद तिर्थवहादुर लामा, नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामा, क्षेत्रीय सभापति रमेश प्रसाद हुमागाईं, पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना लगायत पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । यस्तै नेपाली काँग्रेसका जिल्ला सदस्यहरू समीर व्यञ्जु, रविन्द्र सिग्देल, अर्जुन सापकोटा, जगन्नाथ गिरि, शिक्षक संघका सचिव शम्भु घिमिरे, नेपाली काँग्रेस बनेपा नगर सभापति राम जोशी लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

 

यस अघि स्वास्थ्य स्वयं सेविकालाई पिपिई, पत्रकारहरूलाई ज्याकेट र केएन ९५ माक्स वितरण गरिसकिएको बताईएको थियो । काभ्रेमा संचालनमा आएका ३५ एम्वुलेन्स चालकहरूलाई सो कार्यक्रममा पिपिई वितरण गरिएको थियो । कार्यक्रम संचालन नेपाल ट्रेड युनियन काभ्रेका सचिव नारायण सापकोटाले गरेका थिए ।

Logo