आज थपिए ४५१ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ६,२११ पुग्यो

आज थपिए ४५१ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ६,२११ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । आज ४५१ जना थपिएका छन् । आइतबार ४२५ जना संक्रमित थपिएका थिए ।

शनिबार पनि २७३ जना थपिएका थिए । शुक्रबार ४ सय ४८ जना थपिएका थिए भने बिहिबार २ सय ५० जना नयाँ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या १ हजार ४१ जना पुगेको छ । आज ६७ जना निको भएका छन् । आइतबार ६१ जना निको भएका थिए । शनिबार ३६ जना निको भएका थिए । विहिबार १८७ जना निको भएका थिए भने शुक्रबार १६ जना निको भएका थिए । मृतकहरुको संख्या १९ जना रहेको छ भने कूल संक्रमित जिल्ला ७३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विरगञ्जमा गरिएको परीक्षणमा ११, पोखरामा गरिएको परीक्षण ५, सेती अस्पतालमा गरिएको परीक्षणमा ९, भेरी अस्पताल प्रयोगशालामा २४, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ५, जनकपुरमा गरिएको परीक्षणमा २४ र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै रुपेन्देहीमा ७, विराटनगरमा २५, सुर्खेतमा गरिएको परीक्षणमा १ सय ७, धुलिखेल अस्पतालमा ५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ४३, शिक्षण अस्पतालमा १, हेटौडामा २५ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा ३ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै १ लाख ३८ हजार ६ सय ८३ पीपीआर विधिबाट परीक्षण गरिएको छ भने २ लाख १९ हजार ३ सय ३६ आरडीटी परीक्षण गरिएको छ । साेमबार ५ हजार ३ सय ६ पीसीआर र ८ हजार ६ सय १५ आरडीटी परीक्षण गरिएको छ ।
देशभर आइसोलेसनमा रहनेको संख्या ५ हजार १ सय ५१ रहेको छ । भने क्वारेन्टाइनमा हुनेको संख्या १ लाख ३३ हजार ८ सय २९ रहेको छ ।

सरकारले थप एक पीसीआर मेसिन जडान गरेको छ । पोखरामा नयाँ मेसिन जडान भएसँगै देशभरी २२ स्थानबाट पीसीआर परीक्षण सुरु गरिएको छ ।

Logo