आज तनहुँका ५ जनामा कोरोना पुष्टि : गण्डकी प्रदेशमा संक्रमितको संख्या २०४ पुग्यो

आज तनहुँका ५ जनामा कोरोना पुष्टि : गण्डकी प्रदेशमा संक्रमितको संख्या २०४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

तनहुँ ।
गण्डकी प्रदेशमा आज पनि थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २०४ पुगेको छ ।

आज तनहुँका ५ जना पुरूषमा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान जारी गरेको बिज्ञप्ति अनुसार तनहुँको घिरिंङ गाउँपालिकाका २२ देखि ४६ वर्ष उमेरका ५ जना पुरूषमा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार संक्रमित सबैलाई जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राखिएको छ ।

 

 

Logo