कालीकोटमा चारमहिने शिशुसहित २५ जनाले जिते कोरोना

कालीकोटमा चारमहिने शिशुसहित २५ जनाले जिते कोरोना

केन्द्रबिन्दु
0
Shares

कालीकोट ।

कालीकोट जिल्लामा चारमहिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् ।

महावै गाउँपालिकाकी रोशनी सिंह आफूसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका छन् । जिल्लाको आइसोलेशनमा रहेका २९ कोरोना संक्रमितमध्ये उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए ।

आइसोलेशन कक्षमा उपचाररत रहेका महावैका आठ, शुभकालिका गाउँपालिकाका १२, खाँडाचक्र नगरपालिकाका दुई तथा तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका र बाजुरा जिल्लाका एक, एक जना कोरोनालाई जितेर घर फर्केको सूचना अधिकारी महतले जानकारी दिए । जिल्लामा रहेका कोरोना संक्रमितमध्ये अहिले चार जनाको उपचार भइरहेको बताइएको छ ।रासस

Logo