आज थपिए ४२५ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ५,७६० पुग्यो

आज थपिए ४२५ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ५,७६० पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । आज ४२५ जना संक्रमित थपिएका छन् । शनिबार पनि २७३ जना थपिएका थिए । शुक्रबार ४ सय ४८ जना थपिएका थिए । बिहिबार २ सय ५० जना नयाँ संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् । यस्तै उपचारपछि निको हुनेको संख्या ९७४ पुगेको छ । आज ६१ जना निको भएका छन् । शनिबार ३६ जना निको भएका थिए । विहिबार १८७ जना निको भएका थिए भने शुक्रबार १६ जना निको भएका थिए ।

मृतकहरुको संख्या १९ जना रहेको छ भने कूल संक्रमित जिल्ला ७३ पुगेको छ । आज रुकुम पश्चिममा पनि कोरोना पोजेटिभ देखिएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीको घुर्कोटका ३६ वर्षिय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतबाट आएका ती पुरुषको जेठ १२ गते रुपन्देहीमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । आइसोलेसनमा उपचाररत उनको जेठ ३१ गते आइसोलेसनमै मृत्यु भएको हो । उनी क्यान्सरका विरामी भएको प्रवक्ता गौतमले बताए ।

आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । आइतबार ४ सय २५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको हो । प्रवक्ता डा. गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा २७ जना, कोसी अस्पताल विराटनगर १० जना, नारायणी अस्पताल वीरगञ्जमा ३४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा २ जना र सेती अस्पताल कैलालीमा ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै भेरी अस्पताल बाँकेमा ७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १८ जना र धुलिखेल अस्पतालमा २ जनामा संक्रमण देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ४७ जना, प्रादेशिक अस्पताल सुर्खेत प्रयोगशालामा ६९ जना र हेटौडामा भएको परीक्षणमा २ जनामा संक्रमण देखिएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु २५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६२ जनामा संक्रमण देखिएको उनले बताए । संक्रमण ७३ जिल्लामा संक्रमण फैलिएको छ । आइतबार ६१ सहित जम्मा ९ सय ७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

अहिलेसम्म देशभरी पीसीआर विधिबाट १ लाख ३३ हजार ३ सय ७७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको परीक्षण भएको छ । यस्तै आइतबार आरडिटी विधिबाट २० हजार १ सय ३९ गरी अहिलेसम्म २ लाख १० हजार ७ सय २१ जनाको नमुना परीक्षण भएको छ । देशभरीका आइसोलनमा ४ हजार ७ सय ६७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । १ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टाइनमा छन् ।

सरकारले अब नीजि प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने बाटो खुला गरेको छ । पीसीआर परीक्षणका लागि आवश्यक प्रकृया पुरा गरी नीजि प्रयोगशालाले पनि परीक्षण गर्न पाउने प्रवक्ता गौतमले बताए ।

 

Logo