काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । आज २७३ जना थपिएका छन् । शुक्रबार ४ सय ४८ जना थपिएका थिए । बिहिबार २ सय ५० जना नयाँ संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।
यस्तै उपचारपछि निको हुनेको संख्या ९१३ पुगेको छ । आज ३६ जना निको भएका छन् । विहिबार १८७ जना निको भएका थिए । शुक्रबार १६ जना थपिएका थिए ।
मृतकहरुको संख्या १८ जना रहेको छ भने कूल संक्रमित जिल्ला ७२ पुगेको छ ।
प्रतिक्रिया