वाग्मती प्रदेशमा १८४ जना कोरोना पुष्टि, ४ जनाको मृत्यु

वाग्मती प्रदेशमा १८४ जना कोरोना पुष्टि, ४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ ।

प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईंले जानकारी दिए ।

उनका अनुसार प्रदेशका कोरोना सङ्क्रमितमध्ये ४३ जना उपचारपछि घर फर्किएका छन् । प्रदेशमा देशको कूल सङ्क्रमणको करिब चार प्रतिशत (३.६५) सङ्क्रमण छ । प्रदेशमा कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा पाँच हजार ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने यस भाइरसका कारण १६ जनाको मृत्यु भएको छ ।

Logo