‘कोरोनामा राजनीतिको प्रवेश भयो’ : स्वास्थ्यमन्त्री ढकाल

‘कोरोनामा राजनीतिको प्रवेश भयो’ : स्वास्थ्यमन्त्री ढकाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीतिको प्रवेश भएको बताएका छन् ।

मन्त्रालयमा कान्ति बाल अस्पतालको इ टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताए । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको बताए ।

उनले भने, ‘‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौँ हामी । पछिल्ला दिनमा राजनीति पनि मिसियो । खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ ।’’ मन्त्री ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचना भन्दा पनि कोरोनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताए । पछिल्लो १, २ दिनका घटना हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको उनले बताए ।

मन्त्री ढकालले इ टिकेटिङ प्रविधि सुरु भएसँगै समयको बचत हुनुका साथै आर्थिक अनियमितताको सम्भावना नुहने बताए । जशक्ति व्यवस्थापनमा पनि यसले सहज गर्ने उल्लेख गर्दै उनले परिचयका आधारमा द्रुत सेवा प्राप्त हुन्छ भन्ने धारणा हराउँदै जाने बताए ।

Logo