भक्तपुर अस्पतालका सबै सेवा सञ्चालनमा

भक्तपुर अस्पतालका सबै सेवा सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।
भक्तपुर अस्पतालमा सबै सेवा पुनः सञ्चालनमा आएका छन् । अस्पतालमा जेठ २५ गते सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घरभई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको मृत्यु भएपछि रोकिएको सेवा विहिबारबाट सञ्चालन गरिएको हो ।

सुत्केरी भएको आधा घण्टापछि श्वासप्रश्वासमा समस्या आएका कारण मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्कामा सेवा बन्द गरिएको थियो । जेठ २७ गते कोरोना नेगेटिभ नतिजा आएपछि सोही दिन जिल्ला प्रशासनले शव व्यवस्थापन गरेको थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले बुधबार आकस्मिक कक्ष सञ्चालन गरे पनि अस्पतालका सबै कक्षमा भाइरस निर्मलीकरण र अस्पताल सरसफाइ गरेपछि विहिबारदेखि अस्पतालले सबै सेवा सञ्चालनमा ल्याएको बताइन् ।रासस

Logo