अर्घाखाँचीमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि

अर्घाखाँचीमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँची ।

मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए । गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा ५७ वर्षका एक पुरुषको बाटोमै मृत्यु भएको थियो ।

वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका उनको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको हो । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचारपछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । योसँगै अर्घाखाँचीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।रासस

Logo