कर्णालीमा आज थप ३७ जना नयाँ संक्रमित, कूल संख्या ७०८ पुग्यो

कर्णालीमा आज थप ३७ जना नयाँ संक्रमित, कूल संख्या ७०८ पुग्यो

केन्द्रबिन्दु
0
Shares

सुर्खेत।

कर्णाली प्रदेशमा आज थप ३७ जना कोरोना संक्रमित पुष्टि भएको छ । आज कर्णालीका सुर्खेत, दैलेख र जाजरकोट जिल्लाका थप ३७ जनालाई कोरोना संक्रमण देखिएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसअघि कर्णालीमा ६ सय ७१ जना कोरोना संक्रमित रहेकोमा अब ७ सय ८ पुगेका छन् ।

आज संक्रमण पुष्टि हुनेहरूमा दैलेखका २५ जना, सुर्खेतका ९ र जाजरकोटका ३ जना छन् । अहिले सम्म कर्णालीमा कोरोनालाई जितेर २९ जना घर फर्किसकेका छन् । ३ जनाको मृत्यु भएको छ ।

Logo