थपिए नयाँ ३२३ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ४,०८५ पुग्यो

थपिए नयाँ ३२३ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ४,०८५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । आज ३२३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् । सोमबार पनि ३१४ जना नयाँ संक्रमित थपिएका थिए ।

यस्तै उपचारपछि निको हुनेको संख्या ५८४ पुगेको छ । आज ९६ जना निको भएका छन् । मृत्यु भएकाको संख्या १५ रहेको छ । सोमबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पुष्टि गरेको छ ।

हाल सम्म देशका ७२ जिल्लामा संक्रमित देखिएका छन् । आज इलाममा पहिलो पटक संक्रमित देखिएका छन् ।

Logo