कर्णाली प्रदेशमा आज थपिए २० जना कोरोना संक्रमित, कूल संख्या ६७१ पुग्यो

कर्णाली प्रदेशमा आज थपिए २० जना कोरोना संक्रमित, कूल संख्या ६७१ पुग्यो

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ,
कर्णाली प्रदेशमा आज थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका २० जना मध्ये सल्यान, सुर्खेत र जुम्लाका रहेका छन् ।

सल्यानका १२ जना, सुर्खेतका चार र जुम्लाका दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो ।

त्यहाँको सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले जनाए अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यान र सुर्खेतका एक, एक जना थप सङ्क्रमित भेटिएका छन् ।

हाल सम्म यस प्रदेशमा संक्रमितको संख्या ६७१ पुगेको छ ।

Logo