गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण, कूल संख्या १४४ पुग्यो

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण, कूल संख्या १४४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

पोखरा ।
गण्डकी प्रदेशमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान विज्ञप्तिमार्फत २४ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा नवलपरासी पूर्वका १२ जना, बागलुङका ११ जना, र म्याग्दीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तीमा जनाइएको छ ।

आज संक्रमित देखिएका सबै पुरुष रहेको र उनीहरु १८ देखि ४९ वर्ष उमेर समूहका रहेका छन् । आज देखिएका २४ सँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या अब १ सय ४४ पुगेको छ । जस मध्ये ४ जना निको भएका छन् । एक जनाको मृत्यु भएको छ ।

Logo