कर्णालीमा आज थप १६ जनामा कोरोना संक्रमण, प्रदेशमा संक्रमितको संख्या ६५७ पुग्यो

कर्णालीमा आज थप १६ जनामा कोरोना संक्रमण, प्रदेशमा संक्रमितको संख्या ६५७ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज दैलेखमा १० जनामा संक्रमित थपिएका छन् । दैलेखको डुंगेश्वर २ का दुई जना, गुँरासमा दुई जना, नौमुलेमा ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आठबीस नगरपालिकामा एक जनामा र नारायण नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएका हुन् ।

यसैगरि सल्यान जिल्लाका ५ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये बनगाड कुपिन्डेका ३ जना र कुमाखका २ जना रहेका छन् । सुर्खेतको बराहतालका एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आज यसको जानकारी दिएको हो । यस सँगै कर्णालीमा संक्रमितको संख्या ६५७ पुगेको छ।

Logo