नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो, १४ औं व्यक्ति स्याङ्जाका

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो, १४ औं व्यक्ति स्याङ्जाका

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । आइतबार स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाका एक ६० वर्षीय पुरुषको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको हो।

गण्डकी प्रदेशस्थित सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले आज यसको पुष्टि गरेको हो । स्वास्थ्य निर्देशनालयका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले उनको मृत्यु कोरोनाकै कारण भएको एक विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनलाई पोजेटिभ देखिएपछि आइसोलेसनमा राखिएको थियो। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ । आइतबार मात्रै थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Logo