कपिलवस्तुमा बैंक व्यवस्थापकलाई पनि कोरोना, जिल्लामा कूल संक्रमित ५४७

कपिलवस्तुमा बैंक व्यवस्थापकलाई पनि कोरोना, जिल्लामा कूल संक्रमित ५४७

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु ।

कपिलवस्तुमा एक बैंक व्यवस्थापकमा कोरोना संक्रमण देखिएको छ । जिल्लाको तौलिहवामा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा व्यवस्थापकमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थप संक्रमित देखिएका २४ जना समेत अब कपिलवस्तुमा कोरोना संक्रमित ५४७ पुगेका छन् ।

जिल्लाका गाउँपालिका यशोधरामा १५१, मायादेवीमा ५३, शुद्धोधनमा ३० र विजयनगरमा २१ तथा नगरपालिका महाराजगञ्जमा १११, कृष्णनगरमा ५२, शिवराजमा ४८, कपिलवस्तुमा ३०, बुद्धभूमिमा २९ र वाणगंगामा २२ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

Logo