२८ प्रकारका स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकियो

२८ प्रकारका स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल गुणस्तर तथा नापतौल विभागले स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहित २८ सामग्रीको गुणस्तर र मापदण्ड तोकेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषद्को १०४ औँ बैठकले २८ वटा सामग्रीको गुणस्तर र मापदण्ड तोकेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले स्वास्थ्य सामग्रीसहित विभिन्न २८ वस्तुमा गुणस्तर र मापदण्ड तोकिएको जानकारी दिए । विभागले स्वास्थ्यकर्मीले लगाउने गाउन, कभर, अल ट्राउजर, कोट, सर्जिकल माक्स, ग्लोब्स लगायतका सामग्री रहेका छन् ।

स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकिएसँगै अब गुणस्तर परीक्षण गरेर स्वास्थ्य सामग्रीको उपयोग गर्नुपर्नेछ ।

Logo