पनौतीमा कोरोना संक्रमण देखिएकी महिलाका परिवारको रिपोर्ट नेगेटिभ

पनौतीमा कोरोना संक्रमण देखिएकी महिलाका परिवारको रिपोर्ट नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेको पनौतीमा संक्रमण देखिएकी ३९ बर्षिया महिलाका परिवारमा कोरोना रिर्पोट नेगेटिभ आएको छ । उनलाई कोरोना पुष्टि भएपछि परिवारमा श्रीमानसहित ६ जना सदस्यहरुको स्वाब परिक्षण गरिएको थियो । तर सबैको कोरोना संक्रमण नभएको पुष्टी भएको छ ।

पनौती नगरपालिका वडा नम्वर ८ घर भएकी ती महिला सामान्य परिवारकी हुन् । उनका श्रीमान, सासु, ससुरा, दुई छोरी र एक छोराको पिसिआर परिक्षणमा कोरोना संक्रमण नभएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

शुक्रबार काभ्रेमा एकै पटक ५ जनामा कोरोना पुष्टि भएको थियो । जसमा पनौतीका एक, पाँचखालका एक र रोशी गाउँपालिकामा ३ जनामा कोरोना देखिएको हो । एकैपटक ५ जनामा कोरोना देखिएपछि काभ्रेमा उच्च सर्तकता अपनाइएको छ ।

Logo