दाङको बेलझुण्डी अस्पतालबाट १० जना कोरोना सङ्क्रमित डिस्चार्ज

दाङको बेलझुण्डी अस्पतालबाट १० जना कोरोना सङ्क्रमित डिस्चार्ज

केन्द्रबिन्दु
0
Shares

दाङ ।
दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुई, दुई तथा बर्दियाका एक जना घर फर्किएका हुन् ।

तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई भने लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ आइसोलेशन व्यवस्थापन सम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि सङक्रमितलाई १४ दिनपछि घर पठाइने उल्लेख छ । उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५ सङ्क्रमितको उपचार भइरहेको छ ।रासस

Logo