गण्डकी प्रदेशमा आज थप ३८ जनामा कोरोना संक्रमण, कूल संख्या ११३ पुग्यो

गण्डकी प्रदेशमा आज थप ३८ जनामा कोरोना संक्रमण, कूल संख्या ११३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
गण्डकी प्रदेशमा आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले आज एक विज्ञप्ती जारी गरि यसको पुष्टि गरेको हो ।

आज थपिएका नयाँ संक्रमित मध्ये स्याङ्जामा १४, पूर्वीनवलपरासीमा ४, बागलुङमा १० र गोरखामा १०, जना रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जनाए अनुसार गण्डकी प्रदेशमा अब कोरोना संक्रमितको संख्या ११३ पुगेको छ । यस प्रदेशमा शनिबार पनि १७ जना नयाँ संक्रमित थपिएका थिए ।

Logo