अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापाका ४ स्थानिय तहलाई ४०० थान भिटिएम किट सहयोग

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापाका ४ स्थानिय तहलाई ४०० थान भिटिएम किट सहयोग

केन्द्रबिन्दु
0
Shares

झापा ।

अन्तर्राष्ट्रिय झापाली समाजले शुक्रबार झापाका चार वटा स्थानीय तहलाई ४०० थान कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट किट प्रदान गरेको छ ।

समाजका उपाध्यक्ष नवीन पोखरेलको टोलीले एकका लागि एक अभियानसहित कनकाई, बिर्तामोड तथा अर्जुनधारा नगरपालिका र हल्दिबारी गाउँपालिकालाई समान एक सय थानका दरले भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट उपलब्ध गराएको हो ।

झापामा १५ वटा स्थानिय तहहरु रहेका छन् । समाजले झापाका १५ वटै स्थानीय तहलाई एक, एक सय किट उपलब्ध गराउने उपाध्यक्ष पोखरेलले जानकारी दिए ।

 

किट प्राप्त गरेपछि सम्बन्धित स्थानिय तहका प्रतिनिधीहरुले समाजलाई धन्यवाद दिंदै सहयोगप्रति आभार व्यक्त गरे । कार्याक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, बिर्तामोडकी उपप्रमुख पवित्रा महतारा प्रसाईं, हल्दिबारीका अध्यक्ष रविन्द्र लिङदेन र अर्जुनधाराका प्रमुख हरिकुमार राना मगरले समाजको सहयोगले कोरोना परिक्षणमा निकै मद्दत पुग्ने बताए ।

किट वितरण कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेत, झापाली समाज अस्ट्रेलियाका सदस्य भीष्म ओली, रोटरी क्लब अफ सुरुङ्गाका उपाध्यक्ष शिव कडेल, वीरता जेसिजका अध्यक्ष मिजास पोखरेल, महासचिव विकास बस्नेत लगायतको सहभागिता रहेको थियो ।

कोरोना महामारीमा आफ्नो जिल्लामा समाजले राष्ट्रिय कार्यसमितिहरूसँग समन्वय गर्दै राहत कार्यको सुरूवात गरेको समाजका उपाध्यक्ष पोखरेलले बताए ।

समाजले यस अघि पनि झापाका बाढीपीडितका ९ वटा घर बनाइदिएको थियो । त्यस्तै, जिल्लामा तीनवटा एम्बुलेन्स सञ्चालनका लागि पनि सहयोग गरिसकेको छ । आगामी दिनमा पनि यस्ता समाजसेवाका काम गरिने पोखरेलले बताए । समाज विश्वभर छरिएर रहेका झापालीहरुको छाता संगठन हो ।

 

Logo