कसरी बन्दैछ कोरोनाको भ्याक्सिन ? भ्याक्सिन विज्ञ डा. राजिव नेपालसँग अन्तर्वार्ता (भिडियोसहित)

कसरी बन्दैछ कोरोनाको भ्याक्सिन ? भ्याक्सिन विज्ञ डा. राजिव नेपालसँग अन्तर्वार्ता (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्व महामारीको रूपमा रहेको कोरोना भाइरसका कारण यतिबेला मनाव जगतले ठूलो संकट ब्यहोरी रहेको छ । भाइसरले कयौंको ज्यान लिएको छ भने, कयौं संक्रमित अस्पतालको बेडमा छट्पटाइ रहेको अवस्थामा छन् । यस्तो अवस्थामा हरेकको जिज्ञासा बनेको छ, कोरोनाको उपचार विधि के हो र कहिले सम्ममा विकास होला ? यसरी कोभिड–१९ को उपचारका लागि लकडाउन अल्पकालिन उपाय भएपनि भरपर्दो औषधि वा खोपको विकास हुनु आवश्यक ठानिएको छ । जसका लागि, कयौं औषधिमाथि परीक्षण र अनुसन्धान भइरहे पनि विश्वलाई नै गाँजेको यस महामारीविरुद्ध खोप मात्र अचुक अस्त्र हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । यस सम्बन्धमा ६० देखि ७० प्रतिशत मानिसमा रोग प्रतिरोधात्मक क्षमता विकास भएमा संक्रमण रोकिन सक्ने सम्भावना रहेको बताउँछन् भ्याक्सिन विज्ञ डा. राजिव नेपाल ।

कोरोना संक्रमण विरुद्धको अभियानमा प्राकृतिक नियन्त्रणको अभ्यास वा, भ्याक्सीन गरी दुई उपाय भएपनि प्राकृतिक नियन्त्रण अभ्यास भने यसअघि अमेरिका र वेलायत जस्ता मुलुकहरूमा असफल हुनुले अबको विकल्प भनेको भ्याक्सीन नै रहेको बताउँछन्, डा. नेपाल ।

तर, भ्याक्सिनको निर्माण प्रक्रिया निकै लामो र खर्चिलो हुने बताउँछन् डा. नेपाल । हाल विश्वमा डब्लूएचओले सार्वजनिक गरेको अध्यावधिक अनुसार, १ सय १० वटा भन्दा बढी भ्याक्सिनहरु प्रारम्भिक अनुसन्धानको चरणमा छन् । त्यसमा थप १० वटा भ्याक्सिन मानवीय परिक्षणको चरणमा पुगिसकेका छन् । त्यसैले जुन प्रकारले अहिले सम्पूर्ण एकेडेमिक, बायोटेक, सरकार, ठूला औषधि उत्पादक कम्पनी, अनुसन्धान एजेन्सीहरु र प्रयोगशालाहरु यो कोरोनाबिरुद्ध साझा दौडमा लागेका छन् यसले भ्याक्सिन निर्माणमा नयाँ आशा जगाएको बताउछन् डा. नेपाल ।

यसरी विश्वका धेरै वैज्ञानिकहरु भ्याक्सिन निर्माणमा जुटेपनि आम मानिसमा भने, भ्याक्सिन तयार हुन कति समय लाग्छ ? कहिलेबाट यसलाई प्रयोगमा ल्याउन सकिन्छ भन्ने जिज्ञासा बढेको छ । यसका लागि कम्तिमा पनि डेढदेखि दुई विलियनसम्म खर्र्च र ५ देखि १५ वर्षसम्म समय लाग्न सक्ने बताउँछन् डा. नेपाल । तथापि, भाइरस प्रकोपले निम्त्याएको भयावह अवस्थामा वर्षौसम्म कुर्ने अवस्था नरहेकाले अब, अध्ययन अनुसन्धानलाई पनि तिब्र गतिमा लानु पर्ने आवश्यकता औल्याउँछन् डा.नेपाल ।

यसै सन्दर्भमा आज हामीले भचुर्वल माध्यमबाट क्यानडाको पश्चिमी सहर भ्याङ्कुभरस्थित औषधी अनुसन्धान, विकास परिक्षण तथा उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनीमा भ्याक्सिन मेडिकल एडभाइजरका रूपमा कार्यरत डा. राजिव नेपालसँग विशेष कुराकानी गरेका छौं ।

उनीसँग केन्द्रबिन्दु सहकर्मी मनोज न्यौपानेले जुम एममार्फत विशेष कुराकानी गरेका हुन् । कोरोना भाइरसविरुद्ध संसारका बैज्ञानिकहरूले भ्याक्सिन निर्माणमा गरिरहेको प्रयास, प्रक्रिया, चुनौति र उपलब्धि के कस्तो छ ? डा. नेपालसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा :

Logo