थप २७८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २,९१२ पुग्यो

थप २७८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २,९१२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर संक्रमितको संख्या करिब ३ हजार पुग्न लागेको हो । शुक्रबार मात्रै २ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् । बिहिबार पनि ३ सय ३४ जना नयाँ संक्रमित पुष्टि भएको थियो ।
कूल संक्रमित मध्ये ३ सय ३३ जना निको भएका छन् । आज ४३ जना निको भएका छन् । बिहिबार १२ जना निको भएका थिए । देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । शुक्रबार कर्णाली प्रदेशमा एक जनाको मृत्यु भएको छ । बिहिबार पाल्पाका ४५ वर्षिय पुरुषको मृत्यु भएको थियो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । गत हप्ता बुधबार एकै दिन १ सय १४, बिहिबार १ सय ५६, शुक्रबार १ सय ७० र शनिबार १ सय ८९ जना नयाँ संक्रमित थपिएका थिए । आइतबार १ सय ७१ जना र सोमबार २ सय ३९ संक्रमित थपिएका थिए । हाल सम्म संक्रमित जिल्ला ६८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा‌ विकास देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका ८, झापाका १ र मोरङका ६ गरी कुल १५ जनामा संक्रमण फेला परेको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाचीका १, नवलपरासीका १, पाल्पाका १ र रुपन्देहीका १८ गरी २२ जना, त्रिजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र प्रयोगशाला हेटांैडामा सिन्धुलीका २ र बाराका २ गरी ४ जना, गण्डकी प्रदेशमा रहेको प्रयोगशालामा तनहुँका २, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा भोजपुरका ५, झापाका १ र सुनसरीका १३ गरी १९ जना, सेती अस्पतालमा कैलालिका ४, अछामका १, बझाङका १ र डडेल्धुराका ५ गरी ११ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रामेछापका १७ र काभ्रेका ५ गरी २२ जना, कोसी अस्पतालमा झापाका १०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैलेखका ९०, जुम्लाका ३, हुम्लाका १, दोलखाका १, रामेछापका १ र गोरखाका १ जना गरी ९७ जनामा संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरीएको परीक्षणमा सुर्खेतका १ र दाङका १ गरी २ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १, धनुसाका ४, गुल्मीका १, कपिलवस्तुका ४४, कास्कीका १, महोत्तरीका १७ र रौतहटका ६ गरी ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । यससँगै अहिलेसम्म संक्रमण भई निको हुनेको संख्या ३ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ३२ पीसीआर प्रविधि र आरडीटी विधिबाट ७ हजार ४ सय २ जनाको परीक्षण भएको छ । अहिलेसम्म ८८ हजार ३ सय ६६ पीसीआर परीक्षण भएको छ भने १ लाख २९ हजार ९ सय ६६ आरडीटी परीक्षण भएको छ ।
देशभर १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहका छन् । जसमध्ये प्रदेश नम्बर १ मा ४ हजार ५९ जना, प्रदेश २ मा २१ हजार ३ सय ६३, गण्डकी प्रदेशमा ३ हजार ५ सय ७७, गण्डकी प्रदेशमा ५ हजार ४ सय ४२, प्रदेश ५ मा ४० हजार १ सय ४६, कर्णाली प्रदेशमा ३१ हजार ९ सय ५२ जना र सुदूरपश्चिम प्रदेशमा ६० हजार २ सय २६ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश १ मा १ सय ६६, प्रदेश २ मा ८ सय ७१, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा ५४, प्रदेश ५ मा ८ सय ६९ जना, कर्णाली प्रदेशमा ४ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ८३ जना गरी कूल २ हजार ५ सय ६८ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म प्रदेश १ का १२ जिल्लामा २ सय ४२ जना, प्रदेश २ का ८ जिल्लामा ९ सय ९३ जना, बागमती प्रदेशका १२ जिल्लामा ८५ जना, गण्डकी प्रदेशका ९ जिल्लामा ५७, प्रदेश ५ को ११ जिल्लामा ९ सय ६५, कर्णाली प्रदेशको ७ जिल्लामा ४ सय ७९ जना र सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ९१ जनामा संक्रमण फेला परेको छ ।

Logo