बागलुङमा ६ जना भेटिए कोरोनाका नयाँ संक्रमित

बागलुङमा ६ जना भेटिए कोरोनाका नयाँ संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा थप ६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो पटक देखिएका ६ जना बागलुङ जिल्लाका हुन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराले यसको पुष्टि गरेको हो। स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले आज एक प्रेस विज्ञप्ति जारी गरी यसको जानकारी दिएका हुन् ।

समाचार अनुसार नयाँ संक्रमित बागलुङको बढीगाड गाउँपालिकाका १९ र २० वर्षका दुई र बागलुङकै तमनखोला गाउँपालिकाका २१, २७, २७ र २१ वर्षका चार युवा छन् । उनीहरु सबैलाई सदरमुकामस्थित सरकारी अस्पताल ल्याउने तयारी भइरहेको विज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म ७७२ जना संक्रमित छन् । थपिएका ६ जना समेत अब ७७८ संख्या हुनेछ । ४ जनाको मृत्यु भएको छ भने १५५ जना निको भएका छन् ।

Logo