मन्त्री ढकालद्वारा कोभिड-१९ नियन्त्रण गर्न प्रदेश मन्त्रीसँग छलफल

मन्त्री ढकालद्वारा कोभिड-१९ नियन्त्रण गर्न प्रदेश मन्त्रीसँग छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरूसँग कोरोना (कोभिड–१९) रोकथाम र नियन्त्रणमा भइरहेको कामका विषयमा छलफल गरेका छन् ।

उनले मन्त्रालयबाटै भिडियो कन्फरेन्समार्फत प्रदेशमन्त्रीहरुसँग छलफल गरेका हुन् । छलफलमा कोभिड–१९ नियन्त्रण र रोकथामको काम अझ प्रभावकारी कसरी बनाउने भन्ने विषयमा उनले प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग छलफल गरेका मन्त्रालयका विज्ञ सल्लाहाकार डा. खेम कार्कीले जानकारी दिए।

छलफलमा मन्त्री ढकालसँगै, मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्की, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र सहसचिव एवं मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टममा कमान्डर डा गुणराज लोहनी सहभागि रहेका थिए ।

अहिलेसम्म नेपालमा ७७२ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ भने चार जनाको कोभिड १९ को कारणले मृत्यु भइसकेको छ ।

Logo