गुल्मीमा एक गाउँपालिकाका अध्यक्षलाई पनि कोरोना संक्रमण

गुल्मीमा एक गाउँपालिकाका अध्यक्षलाई पनि कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

गुल्मी ।
केहि दिन अघि कोरोनाका कारण एक शिक्षकको मृत्यु भएको गुल्मीमा थप दुई जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक संक्रमित दुई जनामध्ये एक जना गाउँपालिका अध्यक्ष समेत रहेका छन् । र एक जना भने भारतबाट आएर धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेका गाउँपालिका कार्यालयले एक विज्ञप्ती मार्फत जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Logo