समाज डेन्टल हस्पिटलको नयाँ शाखा अब कौशलटारमा, ५० प्रतिशत छुट पाइने

समाज डेन्टल हस्पिटलको नयाँ शाखा अब कौशलटारमा, ५० प्रतिशत छुट पाइने

केन्द्रबिन्दु
98
Shares

कौशलटार । समाज डेन्टल हस्पिटलको नयाँ शाखा भक्तपुरकाे कौशलटारमा खुलेको छ । ‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको नवाैं शाखाले आजदेखि कौशलटारमा आफ्नो सेवा सुरु गरेको हो ।

समाज डेन्टल हस्पिटलले आफ्नो स्थापनाको २४औँ वार्षिक उत्सवको अवसरमा कौशलटारमा पनि सेवा दिने हेतूले शाखा विस्तार गरेको हो ।

शनिवार एक विशेष कार्यक्रम गरी मध्यपुर थिमी नगरपालिकाका -३ का वडा अध्यक्ष कृष्ण हरि आचार्यले सेवाको उद्घाटन गरे । अध्यक्ष आचार्य आफ्नो क्षेत्रमा उत्कृष्ट सेवा दिने प्रतिष्ठित डेन्टल आउँदा खुशी व्यक्त गरे ।

साथै हस्पिटलका प्रबन्धक सविन घिमिरेले उद्घाटनका दिन सम्पूर्ण सेवाहरूमा ५० प्रतिशत छुट र बाँकी माघ महिना भर १५ प्रतिशत छुट दिने जानकारी जानकारी दिए ।

प्रबन्धक घिमिरेले मुख स्वस्थसम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न सामन्य शुल्कमा आधुनिक उपकरणहरु प्रयोग गरी एउटै छानामुनी विशेषज्ञ चिकित्सक द्वारा गुणस्तरीय उपचार प्रदान गर्न उदेश्य सहित ऐतिहासिक धार्मिक, सांस्कृतिक शहर भक्तपुर क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे ।

हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले अब यस क्षेत्रमा पनि सुलभ शुल्कमा सबैले दन्त सेवा पाउने र यसरी सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताइन् ।

समाज डेण्टल हस्पिटलले विगत २४ वर्ष देखि दाँत तथा मुख सम्बन्धी सेवा दिइरहेको छ । हाल नयाँ बानेश्वर,जावलाखेल ललितपुर, राधेराधे भक्तपुर, सनसिटि पेप्सिकोला, बसुन्धरा, बौद्ध जोरपाटी,सितापाईला र बनेपा काभ्रेमा संचालित छ ।

Logo