के मानसिक रोगी हिंसात्मक र डरलाग्दा नै हुन्छन् ?

के मानसिक रोगी हिंसात्मक र डरलाग्दा नै हुन्छन् ?

केन्द्रबिन्दु
0
Shares

गोपाल ढकाल (मनोविद्) ।

मानसिक रोगीहरु हिंसात्मक र डरलाग्दा हुन्छन् । उनीहरुलाई घर परिवार, समाजबाट ढाटा राख्नु पर्छ वा बाधेर राख्नु पर्छ भन्ने धारण आम मानिसहरुमा अझै पनि पाईन्छ । मानसिक सन्तुलन गुमाएको ब्यक्तिले कसैको हत्या गर्यो रे भन्ने समाचार सुन्दा वा देख्दा मानसिक रोगी हिंसात्मक नै हुन्छन् भन्ने हामीलाई लाग्न पनि सक्छ । तर सबै मानसिक रोगी हिंसात्मक हुदैनन् ।

नरम खालको मानसिक समस्या भएका व्यक्तिले हत्या, हिंसा गर्ने सम्भावना हुँदैन् । कडा खालको मानसिक रोग लाग्दा भने शंका, अत्याधिक आबेग, सोचाईमा हुने मतिभ्रम (Delussion), हेराई, सुनाईमा हुने मित्थावास (Hallucination) का कारण अन्जानवस यदा कदा यस्ता घटना घटने पनि गरेका छन ।

‘अपराध गर्न पाउँदा मनोरोगीहरु एकदमै खुशी हुन्छन्’

उनीहरुले यस्तो घटना घटाउनुको पछाडि कसैलाई दुख दिन्छु, बदला लिन्छु भनेर जानिबुझि गरेका हुँदैनन् । उनीहरुमा यस्तो सोच्ने क्षमता पनि हुँदैन् । यसको अपवाद असामाजिक व्यक्तित्व भएका (Psychopath) हरुमा भने बदलाको भावना हुन्छ उनीहरु सोचविचार गरिकन अपराध गर्ने गर्दछन। अपराध गरेकोमा उनीहरुलाई कुनै पछुतो पनि हुदैन ।

मानसिक समस्यामा परेको व्यक्तिबाट कुनै किसिमको अप्रिय घटना नहोस् भनेर घर परिवारका सदस्यले विशेष ध्यान पुर्‍याउनुपर्छ । बिरामीले अरुलाई मात्र होईन आफुलाई पनि खतरामा पर्न सक्छ ।

परिवारले ध्यान दिनुपर्ने कुराः
१) कडा खालको मानसिक रोग लागेको ब्यक्तिलाई म रोगी छु मैले उपचार गर्नु्पर्छ भन्ने ज्ञान नहुन सक्छ । यस्तो अबस्थामा फकाई फुलाई अस्पताल लैजानुपर्छ ।

२) उनीहरुसँग विवाद, झर्को फर्को गर्नु हुँदैन् । औषधी खान नमान्दा फकाएर खुवाउनुपर्छ ।

३) बिरामी र परिवारलाई असुरक्षाको महसुस भएमा अस्पतालमा भर्ना गर्नुपर्छ ।

४) उनीहरुसँग ठूलो स्वरले बोल्ने, ईशाराले बोल्ने, आँखामा आँखा जुधाएर बोल्ने गर्नु हुँदैन् ।

५) मानसिक रोगीले भेट्ने गरी हात हतियार, धारिले वस्तु, डोरी लगायतका सामान राख्नु हुँदैन् ।

६) विरामी उत्तेजित भएका बेला रेडियो, टिभि बन्दगर्नु पर्छ ।

७) आफुलाई खतरा महसुस भएमा तुरुन्त रोगीबाट टाढा जानुपर्छ ।

Logo