अल्फा केयर एण्ड डाइग्नोस्टिक सेन्टरः जहाँ सुगरदेखि क्यान्सरसम्मको परिक्षण हुन्छ [भिडियाे]

अल्फा केयर एण्ड डाइग्नोस्टिक सेन्टरः जहाँ सुगरदेखि क्यान्सरसम्मको परिक्षण हुन्छ [भिडियाे]

केन्द्रबिन्दु
42
Shares

स्वास्थ्य क्षेत्रमा छोटो समयमै सफल पहिचान बनाउने संस्था हो, काठमाडौंको नयाँ बानेश्वरमा रहेको अल्फा केयर एण्ड डाइग्नोस्टिक सेन्टर । नेपालमा कोरोना महामारी बढ्दै गएपछि पीसीआर परीक्षणका लागि ल्याब सेवाको आवश्यकता महसुस गरी स्थापना भएको यस डाइग्नोस्टिक सेन्टरले हाल ओपीडी, क्लिनिकल, ल्याबरोटरीलगायतका सेवा दिँदै आफ्नो सञ्जाल विस्तार गरिरहेको छ ।

अत्याधुनिक उपकरण र विज्ञ स्वास्थ्यकर्मीको आबद्धता रहेको यो ल्याब आइएसओ सर्टिफाइड ए ग्रेडको ल्याव हो ।

पछिल्लो समयमा बढ्दै गएको स्वास्थ्य समस्याको समाधानका लागि यस ल्याबले होलबडी चेकअपलाई विशेष प्राथमिकता दिँदै आएको छ । यस ल्याबमा विशेषज्ञ डाक्टरको माध्यमबाट सुगर, हर्मोन, बाथ, कन्सर, हड्डी, मुटु तथा अन्य सम्पूर्ण रोगको परिक्षण गर्न सकिन्छ ।

अल्फा केयर डाइग्नोस्टिक सेन्टरको प्रमुख विशेषता हो, गुणस्तरीय र विश्वसनीय सेवा । अन्तर्राष्ट्रियस्तरको मान्यता पाइसकेको यस डाइग्नोस्टिक सेन्टरले गुणस्तरीय सेवाका लागि कुनै कसुर बाँकी नराख्ने दाबी गर्दछ ।

शरीरका मुख्य-मुख्य अंगको परीक्षणका लागि अत्याधुनिक उपकरण भित्र्याएको यस ल्याबले बिरामीलाई ओपीडीको सेवा समेत उपलब्ध गराउँदै आएको छ । वैदेशिक रोजगारीमा जान आवश्यक सम्पूर्ण स्वास्थ्य जाँचको गुणस्तरीय र विश्वश्वनीय सेवा उपलब्ध गराउन पनि अल्फा केयर अब्बल देखिन्छ ।

यति मात्रै होइन, यस ल्याबमा अत्याधुनिक बायोकेमेष्ट्री फुल्ली अटोमेटिक एनालाइजर मेसिन पनि छ, जसले बायोकेमेष्ट्रीसम्बन्धी सम्पूर्ण काम गर्ने गर्दछ । एकपटकमा ५० वटा परिक्षण गर्न मिल्ने यस मेसिनले एक घण्टामा २७० वटा परिक्षणकोनतिजा दिने गर्दछ । साथै यस ल्याबमा सम्पूर्ण प्रकारका रक्त परीक्षणको सेवा पनि उपलब्ध छ। कम समयमा नै गुणस्तरीय र विश्वसनीय स्वास्थ्य रिर्पोट उपलब्ध गराउने अल्फा केयर डाइग्नोस्टिक सेन्टर आम जनताको सेवा गर्न तत्पर छ । यस सेन्टरको गुणस्तर सेवा, व्यवस्थीत वातावरण लगायतका असल अभ्यासका कारण अल्फा केयर नै आम सेवाग्राहीको रोजाईंमा पर्ने गरेको छ ।

Logo