एनसेल एपमा अब एसईईको नतिजा

एनसेल एपमा अब एसईईको नतिजा

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एनसेल एपमार्फत पनि हेर्न सकिने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचना अनुसार एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने भएको हो।

एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्ममिति सबमिट गरेर नतिजा हेर्ने सकिने बताइएको छ। बोर्डले नजिता प्रकाशन गर्न अन्तिम तयारी गरिरहेको छ।

बोर्डले नतिजा प्रकाशित भएसँगै सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ। २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आइभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ।

गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए।

Skip This
Skip This
Logo