कुकुरसँग भन्दा धेरै किटाणु दाह्री पाल्नेसँग

कुकुरसँग भन्दा धेरै किटाणु दाह्री पाल्नेसँग

केन्द्रबिन्दु
0
Shares

पछिल्लो पुस्तामा दाह्री पाल्ने रहर बढ्दो छ।  तर,   वैज्ञानिकहरुले कुकुरको शरीरभन्दा बढी दाह्री पाल्ने मान्छेमा धेरै हानिकारक किटाणु तथा जीवाणु हुने तथ्य पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक किटाणु हुन्छ भन्ने अध्ययन गरेका थिए।अध्ययनमा समावेश प्रत्येक मानिसको दाह्रीमा जीवाणु भेटिएको थियो। त्यसमध्ये आधा जीवाणु मानव स्वास्थ्यका लागि किटनासक र हानिकारक भएको जनाएको छ।

तर आश्चर्य कुकुरहरुको शरीरमा मानिसको दाह्रीमा हुने खतरनाक जीवाणुभन्दा कम संख्यामा त्यस्ता जीवाणु भेटिए ।१८ मानिस र ३० कुकुरमा यस अध्ययन गरिएको थियो। १८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरु अध्ययनमा समावेश थिए।

Logo