वीर अस्पतालमा विरामीहरुको बिचल्ली (भिडियोमा)

वीर अस्पतालमा विरामीहरुको बिचल्ली (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि वीर अस्पतालका विरामीहरुको नियमित चेकअफ गर्न पाउने अधिकारसमेत हनन् भएको छ ।

बिहीबार अस्पताल परिसरमा पुगेका विभिन्न रोगले च्यापेका वृद्धवृद्धाहरुले समेत आफ्नो रोगको नियमित चेकजाँच गराउन नपाएका हुन् । बुधबारबाट वीर अस्पताल परिसरमा पाल भित्र संचालन गरिएको अस्थायी प्रकृतिको चेकजाँच गर्न पनि नपाएपछि वृद्धवृद्धाहरु मारमा परेका हुन । उनीहरुले बृद्धवृद्धाहरुको समेत चेकजाँच गर्ने अवस्था नभएको भन्दै चिकित्सकहरुप्रति आक्रोश व्यक्त गरेका छन ।

त्यसैगरी थाईराईडको चेकजाँच गराउन आएकाहरुले पनि पालमा चेकजाँचका लागि घण्टौं कुर्नु परेको गुनासो गरेका छन् । भोलीभोली भन्दाभन्दै अस्पतालका चिकित्सकहरुले चेकजाँच नै अवरुद्ध पारेपछि विरामीहरुको बिचल्ली भएको छ ।

यता, कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै ओपीडी सेवा बहिष्कार गरेका चिकित्सकहरुले भने अस्थायी पालको व्यवस्था गरेर भएपनि अत्यावश्यकीय सेवा विरामीहरुलाई दिने काम भईरहेको दावी गरेका थिए । अस्पतालकी आवासीय चिकित्सक सोनी श्रेष्ठले आफूहरुलाई कर्मचारी समायोजनको नाममा सरकारले पीडा दिएकाले त्यसको विरोधमा अस्पतालका ओपीडी सेवा अवरुद्ध पारेर आन्दोलन गर्नु परेको पनि बताईन् ।

सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशका दुरदराजबाट उपचारका लागि वीर अस्पताल आएका विरामीहरुले एक साता यता झनै सास्ती व्यहोर्नु परिरहेको छ ।

Logo