भनिन्छ, आहार राम्रो हुनु भनेको नै स्वस्थ रहनु हो । स्वस्थ खानपानले धेरै बिरामीबाट बच्न सकिन्छ । खानेकुरा र स्वास्थ्य एक अर्काको परिपुरक हो । "/>

खाद्यपदार्थको रंगबाट थाहा पाइन्छ, त्यसमा रहेको पोषक तत्व

खाद्यपदार्थको रंगबाट थाहा पाइन्छ, त्यसमा रहेको पोषक तत्व

केन्द्रबिन्दु
0
Shares

भनिन्छ, आहार राम्रो हुनु भनेको नै स्वस्थ रहनु हो । स्वस्थ खानपानले धेरै बिरामीबाट बच्न सकिन्छ । खानेकुरा र स्वास्थ्य एक अर्काको परिपुरक हो । यी दुई एक अर्कासँग जोडिएको हुन्छ । हाम्रो शरिर सञ्चालन हुनको लागि विभिन्न पौष्टिक तत्वको आवश्यक पर्छ । स्वस्थ रहन खानपानमा विशेष ध्यान दिनुपर्छ । शरिरलाई फाइदा हुन्छ भन्दैमा जतिखेर पनि मात्रा नमिलाई खाना खाएमा फाइदा भन्दा पनि असर गर्छ, त्यसैले सन्तुलित खाना खानुपर्छ ।

हरेक रंगको आफ्नै विशेषता हुन्छ । यो कुरा हाम्रो स्वास्थ्यमा पनि लागु हुन्छ । फरक–फरक रंगको फलफुल र तरकारीको पनि आ–आफ्नै विशेषता हुन्छ । यहि विशेषताले नै अन्य भन्दा फरक बनाउँछ । शरिरलाई पनि यस्ता फलफुल तथा तरकारीको आवश्यकता पर्छ । जसमा एन्टिअक्सिडेन्ट पनि भरपुर मात्रामा हुन्छ ।

कलेजी रंग, पिकं, रातो र सुन्तला रंगको फलफुल र तरकारीमा फायटोकेमिकल प्रचुर मात्रामा पाइन्छ । यसले शरिरमा हेमोग्लोविन बढाउँछ । कुन रंगको फलफुल र सब्जिको विशेषता के–के हो र हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छ त ?

रंगीन फलफुल र सब्जिमा पोषक तत्वः
फलफुल र सब्जिमा प्राकृतिक रुपमा जति रंगीन हुन्छ, त्यति नै स्वादिष्ट र स्वास्थ्यवद्र्धक पनि हुन्छ । रंगीन फलफुल र सब्जिमा बीटा–क्याटोरिन, भिटामिन बीको साथै विभिन्न पोषक तत्व समेत प्रचुरमात्रामा पाइन्छ ।

स्वास्थ्य विशेषज्ञका अनुसार प्राकृतिक रंगले भरपुर फलफुल र सब्जिमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनिरल्स पाइन्छ । जसले गर्दा शरिरलाई धेरै प्रकारको रोग लाग्नबाट बचाउँछ । यसको साथै अलग अलग रंगको खाद्यपदार्थले शरिरको अलग अलग अंगमा फाइदा पुर्‍याउँछ ।

हरियो रंगको फलफुल र सब्जिः   
ब्रोकाउली, फुलकोपी, साग जस्तो हरियो सब्जिमा भिटामिन बी र मिनरल पाइन्छ । यसको सेवनले मानसिक तनाव कम हुन्छ र रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसको साथै हरियो फलफुल र सब्जिमा लुटिन नामको फाइटोकेमिकल पनि पाइन्छ, जसले कलेजोको रक्षा गर्छ । त्यसैले हरियो रंगको फलफुल र सब्जि नियमित सेवन गर्नुहोस् ।

रातो रंगको फलफुल र सब्जिः
टमाटर, खरबुजा यस श्रेणीमा पर्छ । यसमा फाइटोकेमिकल्स र लाइकोपीन नामको रसायन पनि हुन्छ । जसले आन्तरिक क्षति या घामको किरणबाट हुने छालामा क्षति कम गर्छ । यसको साथै मुटुको सुरक्षा पनि गर्छ । स्ट्रबेरी, रसबेरी, चुकुन्दरमा एन्थोसायनिन पाइन्छ । यो फाइटोकेमिकलको एक समुह हो, जो उच्च रक्तचापको नियन्त्रण गर्छ र मधुमेयसँग जोडिएको समस्याबाट पनि बचाउँछ ।

पँहेलो रंगको फलफुल र सब्जिः
पँहेलो रंगको फलफुल र सब्जिमा भिटामिन प्रचुर मात्रामा पाइन्छ । शरिर सुन्निएको कम गर्छ । एलर्जी कम गर्नुका साथै स्वस्थ छालाको लागि फाइदाजनक हुन्छ । पँहेलो रंगको फलफुल र सब्जिमा केरोटिनाइड र भिटामिन प्रचुर मात्रामा पाइन्छ । जसले गर्दा ओस्टियोपोरोसिसको खतरा कम हुन्छ । पँहेलो रंगको खाद्यपदार्थमा कागती, भुइँकटहर, पँहेलो भेडे खुर्सानी र अंगुरमा पर्छ ।

कालो रंगको खाद्यपदार्थः
कालो रंगको कपडा त सबैले लगाएको देखिन्छ । सबैलाई मनपर्छ तर खानेकुराको मामलामा नाक खुम्चाउने गर्छन् । तर, कालो रंगको खानेकुरा हाम्रो स्वास्थ्यको लागि एकदमै लाभदायक हुन्छ । विशेष गरी किडनीलाई धेरै फाइदा भन्ने कुरा कमैलाई थाहा होला । किसमिस र कालो जैतुनको सेवन नियमित रुपमा गर्दा धेरै फाइदा हुन्छ । यसको साथै कालो रंगको गाजरमा प्रचुर मात्रामा एन्थासाइनिन पाइन्छ । जसले शरिरमा कोलेस्ट्रोलको मात्रा कम गर्छ ।

भन्टा रंगको फलफुल र सब्जिः
भन्टा रंगको फलफुल र सब्जि आफ्नो आहारमा सामिल गर्दा मस्तिष्क स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसको लागि अंगुर, प्याज, भेन्टा रंगको बन्दा, भन्टा आदिको नियमित सेवन गर्दा राम्रो हुन्छ । यसको साथै ब्लुबेरी एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । यसले मुटुको रोग र क्यान्सर बाट पनि बचाउँछ । शरिरमा ब्याक्टेरियाको जम्मा हुनबाट पनि रोक्छ ।

सेतो रंगको फलफुल र सब्जिः
सेतो रंगको फलफुल र सब्जि फोक्सोको लागि फाइदाकारी हुन्छ । यसमा भिटामिन–सी, बी–कम्पलेक्स, सल्फर आइरन, क्याल्सियम, म्याग्नीज, फोस्फरस प्रचुर मात्रामा पाइन्छ । सेतो रंगको खाद्यपदार्थमा कुएस्ट्रिन नामक पोषक तत्व पाइन्छ । हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । आलु, लसुन, सेतो च्याउ आदिको सेवनले उच्च रक्तचापको बिरामीलाई फाइदा हुन्छ, ब्लड प्रेसर सामन्य हुन्छ ।

सुन्तला रंगको फलफुल र सब्जिः
सुन्तला रंगको फलफुल र सब्जिमा बीटा केरोटिन उच्च मात्रामा हुन्छ । यसको साथै यसमा एन्टिअक्सिडेन्ट र भिटामिन–ए प्रचुर मात्रामा पाइन्छ । स्प्लिनको सुरक्षित राख्नको लागि पनि सुन्तला रंगको फलफुल र सब्जि खानु राम्रो मानिन्छ । सुन्तलामा पाइने भिटामिन–सी र भिटामीन–ए स्प्लिनको लागि राम्रो हुन्छ । यसको साथै गाजर, सख्खरखण्डमा पाइने बीटा केटोरीन आँखा र छालाको लागि राम्रो मानिन्छ ।

मौसम अनुसार फलफुल र सब्जिको सेवनः
स्वस्थ आहारको सेवनले धेरै बिरामी हुने खतरा कम हुन्छ । तर, यी सब्जीहरुको सेवन गर्दा ध्यान दिनुहोस्, मौसम अनुसारको मात्रै फलफुल र सब्जिको सेवन गर्नुहोस् ।

Logo